गृहपृष्ठ Featured भारतको अफगानिस्तानमाथि शानदार जीत

भारतको अफगानिस्तानमाथि शानदार जीत

प्रकाशित मिति:

काठमाडौँ ।

कप्तान रोहित शर्माको कीर्तिमानी शतकको मद्दतले भारतले अफगानिस्तानमाथि शानदार जीत हासिल गरेको छ । शर्माले मात्र ८४ बलमा १३१ बनाएपछि भारतले अफगानिस्तानलाई ८ विकेटले हराएको हो ।

अफगानिस्तानले प्रस्तुत गरेको २ सय ७३ रनको लक्ष्य भारतले ३५ ओभरमा सफलतापूर्वक पछ्यायो । खेलमा शर्माले एकपछि अर्को कीर्तिमान तोड्न सफल भए । उनले सुरुमा डेभिड वार्नरले सबैभन्दा कम पालीमा एकदिवसीय विश्वकपमा १ हजार रन पुरा गर्ने खेलाडीको रेकर्ड बराबरी गरे । दुवै खेलाडीले मात्र १९ पालीमा यो उपलब्धि हासिल गरेका हुन् ।

खेलमा ५ छक्का र १४ चौका हिर्काएका शर्माले अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा धेरै छक्का बनाउने क्रिस गेलको कीर्तिमान पनि तोडेका छन् । गेलको यसअघि ५५३ रनको कीर्तिमान रहेको थियो ।

उनले मात्र ६३ बलमा शतक पुरा गरेका थिए । जुन विश्वकपमा भारतका लागि सबैभन्दा चाँडो हो । यसअघि सन् २००७ को विश्वकपमा वीरेन्द्र सहवागले ८१ बलमा शतक बनाएका थिए ।

विश्वकपमा उनको सातौँ शतक थियो । योसँगै उनले प्रतियोगितामा सर्वाधिक शतक बनाउने सचिन तेन्दुल्करको कीर्तिमान पनि भङ्ग गरेका छन् । उनले मात्र १९ पालीमा यो उपलब्धि हासिल गरेका हुन् । जबकि सचिनले ४४ पालीमा ६ शतक बनाएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ७२ रन बनाएको थियो । टोलीका लागि कप्तान हसमतुल्लाह शाहीदीले सर्वाधिक ८० रन बनाए । उनलाई अज्मतुल्लाह ओमाजारीले ६२ रन बनाउँदै राम्रो साथ दिए ।

भारतका लागि जसप्रित बुमराहले ४ विकेट लिए भने हार्दिक पाण्ड्याले २ विकेट लिए । जारी प्रतियोगितामा भारतको यो लगातार दोस्रो जीत हो ।

सम्बन्धित् समाचार