गृहपृष्ठ Featured टप सेक्युरिटी नेपालद्धारा अग्नि नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न

टप सेक्युरिटी नेपालद्धारा अग्नि नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न

सागर वि.क., वैखरी अनलाईन ।

टप सेक्युरिटी नेपाल प्रा.लि.ले आगलागीबाट हुन सक्ने जनधनको क्षति न्युनिकरण गराउने उद्देश्यले अग्नि नियन्त्रण सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । प्रा.लि.ले बुधबार उक्त कार्यक्रम बुटवलको सुख्खानगरमा सम्पन्न गरेको हो ।

आगलागी भएको खण्डमा नियन्त्रण कसरी गर्ने भन्ने तरिकाबारे कम्पनीका सुरक्षाकर्मीहरुलाई जानकारी गराइएको थियो । सुरक्षाकर्मीले कुनकुन उपकरण प्रयोग गरेर आगलागी नियन्त्रण गर्छन् भन्ने रिहर्शल प्रदर्शन गरिएको थियो ।

ग्यासमा सल्केको आगो कसरी निभाउने भन्नेबारे जानकारी गराइएको थियो । सुरक्षाकर्मीहरुलाई विष्णु विश्वकर्माले प्रशिक्षण दिएका हुन् ।

कम्पनीका संचालक तथा प्रबन्धक विकाश शर्माले टप सेक्युरिटी नेपाल एउटा सुरक्षा सेवा कम्पनी भएकाले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन यस्तो कार्यक्रम गरिएको बताए ।

उनले सुरक्षा सेवाका विभिन्न स्टेजहरुमध्ये अग्नि नियन्त्रण अत्यन्त संवेदनशील क्षेत्र भएको बताए । उनले पछिल्लो समयमा भान्साघर, कार्यालयदेखि ठुलाठूला कम्पनीहरुमा समेत लागलागीका घटनाहरु क्रमश बढेको बताउँदै भने, ‘त्यस्ता घटना हुनै नदिन बेलैमा सचेत हुनुपर्दछ । भईहाल्यो भने पनि त्यसको न्युनीकरण गर्नेको विधि जान्नु आवश्यक छ ।’

संचालक शर्माले कम्पनी सुरक्षाको विषयमा चिन्तनशील रहेको र आफुहरुले आम जनमानसमा यस्ता किसिमका सचेतनामूलक कार्यक्रम गर्दै आईरहेको बताए ।

कम्पनीले विभिन्न समयमा भैपरी आउने घटनाहरुको नियन्त्रण तथा न्युनीकरणमा सहयोग गर्दै आएको उनले बताए । यस्ता अभ्यासले आगलागी नियन्त्रण गर्ने सीपमा निखार्ता आउने बताउँदै उनले भने, ‘अभ्यासले क्षतिलाई न्यूनीकरण गर्ने सहयोग पुग्छ ।’

कार्यक्रमका विशिष्ट अतिथि रमेश कुमार क्षेत्रीले आफ्नो क्षेत्रको समसामहिक बजारस्थिति बारे बताएका थिए ।

कम्पनीका संचालन एवं प्रबन्धक विकाश शर्माको अध्यक्षता र प्रभात पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमको संचालन मौसम विकले गरेका थिए ।

सम्झना बस्नेतको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रममा कम्पनीका सम्पुर्ण कर्मचारीको आतिथ्यता रहेको थियो ।

सम्बन्धित् समाचार