गृहपृष्ठ Featured कोशीको प्रदेश प्रमुखकै कार्यालय पुगे बहुमत सांसद

कोशीको प्रदेश प्रमुखकै कार्यालय पुगे बहुमत सांसद

काठमाण्डाै ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका कांग्रेस नेता केदार कार्कीसहित बहुमत सांसद प्रदेश प्रमुख कार्यालयमा पुगेका छन् । कोशीका मुख्यमन्त्री दाबेदार कार्कीसहित उहाँलाई समर्थन गर्ने कांग्रेसका आठ जना र एमालेका गरी ४७ जना सांसद प्रदेश प्रमुख परशुराम खापुङको कार्यालयमा पुगेका हुन् ।

कार्कीले एमालेको समर्थनमा हिजो बिहीवार मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । प्रदेश प्रमुख खापुङले दाबी पेसका लागि आज शुक्रवार बेलुका ५ बजेसम्मका लागि दिनुभएको समय सकिएको छ । प्रदेश प्रमुख खापुङले दाबी पेस गर्ने समय सकिएपछि निर्णय लिने बताउँदै आउनुभएकाे छ ।

कांग्रेस, माओवादी केन्द्रसहित सत्ता गठबन्धनबाट भने माओवादीका सांसद इन्द्र आङ्बोले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको छ ।

 

सम्बन्धित् समाचार