गृहपृष्ठ Featured नवलपरासीमा ९ लाख बढीको औषधी बरामद

नवलपरासीमा ९ लाख बढीको औषधी बरामद

प्रकाशित मिति:
सहबान अन्सारी, नवलपरासी ।
नवलपरासीमा ९ लाख ८१ हजार ६२ रुपैया मुल्य बराबरको औषधी प्रहरीले नियन्त्रणमा लिएको छ।
पाल्हिनन्दन गाउँपालिका वडा नं. १ बन्धा स्थितमा भारतबाट अवैध रुपमा नेपाल तर्फ पैदल ल्याउदै गरेको माईको फेनोलेट, हेपरिन ईन्जेक्सन पी, साईक्लोसपोरिन आई.पी., माईकोफनोलेट, ईरिथ्रोपोईटिन ईन्जेक्सन डर्बेपोईटीन अल्फा ईन्जेक्सन, लगायत बिभिन्न किसीमको औषधीहरु प्रहरीले नियन्त्रणमा लिएको हो।
ईलाका प्रहरी कार्यालय महेशपुरबाट प्रहरी निरीक्षक फल बहादुर तामाङको कमाण्डमा खटीएको प्रहरी टोलीलाई देखि सामान छाडी मानिस भागि फरार भएकोले उक्त औषधीहरु प्रहरी टोलीले बरामद गरेको हो।
बरामद औषधीहरु भन्सार कार्यालय बुझाउने तयारी भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

सम्बन्धित् समाचार