आइसिसी टी–२० विश्वकप एसियन छनोटमा मगलबार समूह ‘ए’ मा मलेसियाले नेपालविरुद्ध पहिलो विकेट लिएको छ । प्रस्तुत गरेको एक सय ६६ रनको पछ्याएको नेपालले आफ्नो पहिलो विकेट ओपनर कुशल भर्तुेललाई गुमाएको हो ।
त्रिवी क्रिकेट मैदानमा कुशल इनिङ्सको ५.२ ओभरमा क्याच आउट भएका हुन् । उनले पवनदिपले फयाकेको ओभरमा मुलान्डीलाई क्याच दिए । कुशलले २५ बलमा चार छक्का र चार चौका प्रहार गरी ४३ रनको योगदान दिए । उनी आउट हुँदा नेपाल ४९–१ को स्थितिमा थियो । नेपालले इनिङ्सको ५.५ ओभरमा ५३ रन जोडेको छ ।
अहिले क्रिजमा कुशल मल्ल चार रन र आसिफ सेख ६ रनमा खेलिरहेको छ । यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको मलेसियाले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ६५ रन बनाएको थियो ।








