वैखरी अनलाईन, बुद्धभुमी ।
कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिम भुकम्प पिडितका लागि ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।
नगरपालिकाको आज बसेको कार्यपालिकाले बैठकले ५ लाख ५ हजार ५ सय ५५ रुपैया दिने निणर्य गरेको नगर प्रवक्ता तथा बुद्धभुमी वडा नः १ का वडाध्यक्ष तेज बहादुर बस्नेत तिलकले वैखरीलाई जानकारी दिए ।
उक्त रकम नगर विपद् कोषबाट निकासा गरी दिइने छ । साथै नगर प्रमुख केशव कुमार श्रेष्ठले भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो संख्यामा भएको मानवीय, भौतिक क्षति र सयौंको संख्यामा सर्वसाधारण घाइते भएकोप्रति दुःख व्यक्त गर्दै उद्धारका लागि सबैलाई सहयोग गर्न अपिल समेत गरेका छन् ।
साथै भुकम्प पिडितहरुको सहयोगको लागी सघं सस्था तथा सरोकारवाला निकायलाई आग्रह समेत गर्नु भएको छ ।