वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका १ बैरियाबाट प्रहरीले मिसावटयुक्त घिउ बेच्ने एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार ईलाका प्रहरी कार्यालय पिपराले भारतको विहार राज्यका ३४ बर्षीय रनजन सहनीलाई पक्राउ गरेको हो ।
प्रहरीले सहनीसंगै एक केजीका २१ वटा बट्टामा बेच्न तयार गरेको घिउ र डालडाका खाली ड्रम पनि बरामद गरेको जनाएको छ ।
उक्त बरामद गरिएको घिउ परिक्षण गर्ने तयारी रहेको बताईएको छ ।