गृहपृष्ठ Featured बाणगंगाबाट लागु औषधसहित एक जना प्रकाउ

बाणगंगाबाट लागु औषधसहित एक जना प्रकाउ

वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाबाट एक जना लागु औषधसहित एक जना प्रकाउ परेका छन । बाणगंगा नगरपालिका वडा नम्बर २ कप्टैया बस्ने बर्ष २८ का अमित बिकलाई ब्राउनसुगरसहित प्रहरीले  प्रकाउ गरेको हो ।

बाणगंगाको लखनचोक मेचकुरी सडक खण्डको किनारमा आइतबार राती १० बजे सडक छेउमा बसी रहेको अवस्थामा शंका लागी खानतलासी गर्दा ईलाका प्रहरी कार्यलय पिपराका प्रमुख गोपाल रायमाझिको कमाण्डमा खटीएको टोलीले ब्राउनसुगरसहित बिकलाई प्रकाउ गरेको हो ।

उनीबाट १ ग्राम ६१० मिसिग्राम ब्राउन सुगर बरामद भएको ईलाका प्रहरी कार्यलय पिपराका प्रमुख गोपाल रायमाझिले वैखरी अनलाइनलाइ जानकारी दिए ।

सम्बन्धित् समाचार