बुटवल ।
रुपन्देहीमा स्कुल बसको ठक्करबाट आइतबार बिहान बालिकाको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय सुर्यपुराका अनुसार कञ्चन–३ हरैयामा रहेको मोर्डन भिजन एकेडेमी स्कुलको लु १ क २२३६ नम्बरको बसले बालिकालाई ठक्कर दिएको हो ।
ठक्करबाट गैडहवा–१ का राम हरिजनकी २ वर्षीया छोरी नारियाले ज्यान गुमाएकी हुन् । झारबैराको भित्री सडक मोडहवादेखि टाडीतर्फ गइरहेको बसले बालिकालाई ठक्कर दिएको थियो ।
ठक्करबाट गम्भीर नारियाको उपचारका क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रण लिएको छ । शवलाई पोष्टमार्टमका लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।








