वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु जिल्ला फुटबल संघले फिफाको पछिल्लो नियमहरुको बिषयमा अभिमुखिकरण कार्यक्रम गर्ने भएको छ । भोलि शनिबार कपिलवस्तु उद्योग बाणिज्य संघको सभा हल चारनम्बरमा उक्त अभिमुखिकरण हुन लागेको कार्यक्रम संयोजक सुशील सिंह ठकुरीले वैखरीलाई जानकारी दिए ।
ठकुरीको व्यक्तिगत लगानीमा हुन गईरहेको उक्त कार्यक्रम शनिबार ठिक १२ बजे सुरु हुने छ । खेलाडीहरुलाई खेल सिपसंगै नियमहरुको समेत राम्रो जानकारी हुन आवश्यक भएकाले खेलाडीहरुकै मागलाई मध्येनजर गर्दै कार्यक्रम गर्न लागेको उनको भनाई छ ।
उनले कुनै पनि खेलको नियमहरु समयको मागअनुसार परिवर्तन हुर्दै जाने भएकाले उक्त नियमहरुबारे खेलाडी परिचित हुनुपर्ने बताए ।
उक्त कार्यक्रममा संघमा आबद्ध १८ क्लबका कार्यसमिति सदस्यहरु र खेलाडीहरुलाई सहभागी हुने अध्यक्ष तिलक थापाले बताए ।








