गृहपृष्ठ Featured विश्व टेस्ट च्याम्पियनशिप तालिकाबाट पाकिस्तानको ११ अङ्क काटियो

विश्व टेस्ट च्याम्पियनशिप तालिकाबाट पाकिस्तानको ११ अङ्क काटियो

काठमाण्डाै – इङ्ग्ल्यान्डसँगको तेस्रो तथा अन्तिम टेस्ट क्रिकेटमा ‘स्लो ओभर–रेट’ अर्थात् खेलको गति सुस्त बनाएकोमा आईसीसी विश्व टेस्ट च्याम्पियनशिप तालिकामा पाकिस्तानको ११ अङ्क काटिएको छ ।

एजबास्टनमा भएको घरेलु टोली इङ्ग्ल्यान्डसँगको टेस्टमा पाकिस्तान निर्धारित ओभरभन्दा ११ ओभर पछाडि रहेको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जनाएको छ । आईसीसीले पाकिस्तान टोलीलाई म्याच शुल्कको ५० प्रतिशत जरिवाना पनि तिराएको छ ।

योसँगै इङ्ग्ल्यान्डसँगको टेस्ट शृङ्खलामा ३–० को ‘क्लिन स्वीप’ बेहोरेर पाकिस्तान विश्व टेस्ट च्याम्पियनशिप तालिकामा ५ अङ्कसहित पुछारमा छ । इङ्ग्ल्यान्ड भ्रमणअघि पाकिस्तान आठौँ स्थानमा थियो ।

इङ्ग्ल्यान्ड भ्रमणमा पाकिस्तान पहिलो खेलमा एक पारी र १०३ रन, दोस्रो खेलमा १९४ रन र तेस्रो खेलमा ८ विकेटले पराजित भएको थियो । पाकिस्तानका लागि टेस्ट क्रिकेटमा यो निकै निराशाजनक समय रहँदै आएको छ । विश्व टेस्ट च्याम्पियनशिपको २०२५–२७ चक्रमा खेलेका ९ टेस्टमध्ये पाकिस्तानले अहिलेसम्म जम्मा ३ वटामात्र जितेको छ ।

सम्बन्धित् समाचार