वैखरी अनलाईन, शुद्धोधन ।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकाले माघ ८ गते सोमबार स्थानीय विदा दिएको छ । गाउँपालिका अध्यक्ष कमलेश शरण चौधरीले शुक्रबार एक सुचना जारी गर्दै स्थानीय विदा दिएको जानकारी दिएका हुन् ।
‘मिति २०८०÷१०÷०८ गते सोमबारको दिन मित्र राष्ट्र भारतको अयोध्यामा नवनिर्मित श्री राम मन्दिरमा प्राणप्रतिष्ठा कार्यक्रम रहेको साथै रामको विवाह नेपालकी छोरी सीतासँग भएको हुँदा उक्त दिन गाउँपालिका क्षेत्रभित्र कुनै पनि पशुपन्छी, जीवजन्तु आदिको बध, मदिरा, माछा, मासुको बिक्री वितरण कार्य नगरी दिनुहुन यहाँका सबै सरोकारवालाहरुलाई यसै सूचनाद्वारा सूचित गर्दै उक्त दिन यस गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु (अति आवश्यक बाहेक) र शैक्षिक संस्थाहरुलाई स्थानीय विदा दिइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’ उक्त सुचनामा उल्लेख गरिएको छ ।

यस्तै कृष्णनगर नगरपालिकाले समेत सोही दिन विदा दिएको छ ।








