रुपन्देही ।
लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्य निर्वाचन २०८०को मतदान कार्य प्रारम्भ भएको छ ।
पहिलो मतदान प्रदेशसभा सदस्यतर्फ मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र स्थानीय तहतर्फ घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले मतदान गरेका छन् ।
दाङको कर्मचारी मिलन केन्द्र घोराहीमा दुई वटा मतदान केन्द्रका रहेको ‘क’ मतदान केन्द्रमा ८७ जना प्रदेश सभा सदस्यहरूले मतदान गर्दैछन् भने ‘ख’ मतदान केन्द्रमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र नगरपालिकाका प्रमुख उपप्रमुख गरेर दुई सय १८ जनाले मतदान गर्ने व्यवस्था मिलाइएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशबाट पाँच राजनीतिक दलका ६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। लुम्बिनीमा अन्य र महिला कलस्टरका दुई पदका लागि निर्वाचन हुँदैछ।








