गृहपृष्ठ Featured मोतिपुर खानेपानी तथा सरसफाई संस्था उदयपुर गोपनियता तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

मोतिपुर खानेपानी तथा सरसफाई संस्था उदयपुर गोपनियता तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

भगवती न्यौपाने कपिलवस्तु माघ २१

मोतिपुर खानेपानी तथा सरसफाई संस्था वाणगंगा नगरपालिका वडा नम्बर ८ उदयपुर उपभोक्ता समितिमा निर्वाचित पदाधिकारीहरुको बधाई, गोपनियता तथा सपथ ग्रहण कार्यक्रम समपन्न भएको छ । माग ८ गते भएको तेस्रो वार्षिक साधरण सभा तथा तेस्रो अधिवेनबाट नयाँ समिति चयन भएको थियो । जसको अध्यक्षमा तिलकराम कडेल,उपाध्यक्ष मिना शर्मा भट्टराई,सचिव आत्मराम बेल्वासे,कोषाध्यक्ष निम बहादुर खत्री क्षेत्री,सचिव सावित्रा न्यापाने,सदस्यहरुमा जगनारायण थारु,कृष्ण प्रसाद अधिकारी,लक्ष्मी घिमिरे न्यौपाने, शान्ता न्यौपाने पोख्रोल रहनु भएको छ ।

कार्यक्रमका अध्यक्ष तथा निर्वाचन मण्डलका संयोजक रविराज आचार्यकोले संस्थालाई अगाडि बढाउन सबै सँग सहकार्य गरेर अगाडि बढ्नु पर्ने बताउनु भयो । साथै उहाँले संस्थाको स्तर उन्नति र विकासमा उपभोक्ता र समाजसेविको हिसाबले सधै लागि पर्ने बताउदै नवनिर्वाचित अध्यक्षलाई संस्थाको बारेमा धेरै थाहा भएको बताउनु भयो ।

निर्वाचन मण्डलका सदस्य दुर्गा आचार्यले सुरक्षित पानी पिउन पाउने अधिकार हरेक व्यक्तिको रहेको हुर्दा यसमा सबैले जोड हुनु पर्ने बताउनु भयो ।

, वडा नम्बर ८का वडा सदस्य शैलेन्द्र बेल्वासेले उपभोक्तको हक हितमा काम गर्नु पर्ने वताउदै वडा सधैं साथमा रहेको बताउनु भयो ।

नव निर्वाचित तिलकराम कडेलले संस्थालाई बलियो बनाउन र उपभोक्ताको हकहितमा काम गर्न सधैं खटिने बताउनु भयो । आफू अध्यक्ष भएको नाताले पनि संस्थामा सबै सँग सहकार्य गर्दै अब बोलेर भन्दा पनि काम गरेर देखाने प्रतिबद्धता उहाँले जनाउनु भयो ।

टोल समितिका अध्यक्ष ज्वारि लाल घिमिरे,संस्थाका निर्वतमान उपाध्यक्ष पार्वता थापा मगरले नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिदै समय अनुसार काम र शैली व्यावस्थापन गर्दै जानू पर्ने स्पष्ट पार्नु भयो ।

निर्वाचन मण्डलका सदस्य दया प्रसाद घिमिरे, समाज सेवी, उपभोक्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन निर्वतमान सचिव टुकलाल भट्टराईले गरेको युवा समाजसेवी भागिरथ न्यौपानेले जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार