गृहपृष्ठ खबर वडा नं.२ र ४ पाँचौ मेयर कपको सेमिफाईनलमा प्रवेश

वडा नं.२ र ४ पाँचौ मेयर कपको सेमिफाईनलमा प्रवेश

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाको चारनम्बर जितपुरमा अवस्थित बुद्धरंगशालामा जारी पाँचौ मेयर कप फुटवल प्रतियोगितामा शनिबार २ खेल सम्पन्न भएका छन् । वडा नंं. ३ र ४ बीच भएको पहिलो खेलमा वडा नं.४ विजयी भएको नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले जानकारी दिए ।

वडा नं.४ ले वडा नं.३ लाई २–१ गोल अन्तरले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेको अध्यक्ष सेनले बताए । वडा नं.४ को यो लगातार दोस्रो जित हो । यस्तै वडा नं.२ र ११ बीच भएको दोस्रो खेलमा वडा नं.२ ले शानदार जित निकाल्दै सेमिफाईनलमा प्रवेश गरेको छ । वडा नं.२ ले वडा नं.५–० गोल अन्तरले विजयी भएको हो ।

पहिलो खेलमा ‘म्यान अफ दि म्याच’ सन्जु सेन भए भने दोस्रो खेलमा मिलन क्षेत्री भए ।

यसैबीच आईतबार सेमिफाईनलका २ खेल हुने छन् । पहिलो खेल वडा नं.१ र ४ बीच दिउँसो १ बजेदेखि हुने छ भने दोस्रो खेल दिउँसो ३ बजे वडा नं.२ र १० बीच हुने छ ।

आईतबारका दुवै खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । पाँचौ मेयर कप फुटवल प्रतियोगिताको फाईनल खेल मंगलबार हुने छ ।

सम्बन्धित् समाचार