वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको चारनम्बर जितपुरमा अवस्थित बुद्धरंगशालामा जारी पाँचौ मेयर कप फुटवल प्रतियोगिताको उपाधिको लागी वडा नं.२ र ४ भिड्ने भएका छन् ।
आईतबार भएका सेमिफाईनलका २ खेलबाट उपाधिका लागी भिड्ने २ टोलीको टुङ्गो लागेको नगर खेलकुद विकास समितिका अध्यक्ष पदम सेनले जानकारी दिए ।
पहिलो सेमिफाईनल खेलमा वडा नं.१ लाई २–१ गोल अन्तरले पराजित गर्दै वडा नं.४ फाईनलमा प्रवेश गरेको हो ।
यस्तै दोस्रो सेमिफाईनल खेलमा वडा नं.१० लाई ३–१ गोल अन्तरले पराजित गर्दै वडा नं.२ फाईनलमा प्रवेश गरेको हो ।
यो खेलमा खेल सुरु भएको केही सेकेन्डमै वडा नं.२ का क्याप्टेन मिलन क्षेत्रीले गोल गरेका थिए ।
फाईनल खेल मंगलबार हुने छ ।








