गृहपृष्ठ खबर २ पटकको उपाधि विजेता वडा नं.२ लाई हराउँदै वडा नं.४ ले जित्यो पाँचौ मेयर कपको उपाधि

२ पटकको उपाधि विजेता वडा नं.२ लाई हराउँदै वडा नं.४ ले जित्यो पाँचौ मेयर कपको उपाधि

सागर वि.क., वैखरी अनलाईन ।

बाणगंगा नगरपालिकाले आयोजना गरेको पाँचौ मेयर कपका उपाधि वडा नं.४ ले हात पारेको छ । वडा नं.४ ले मंगलबार चारनम्बर जितपुरमा अवस्थित बुद्धरंगशालामा भएको फाईनल खेलमा २ पटकको उपाधि विजेता वडा नं.२ लाई १–० गोल अन्तरले हराउँदै उपाधि हात पारेको हो । निकै प्रतिस्पर्धात्मक खेल पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

दोस्रो हाफको अन्तिम समयमा वडा नंं. ४ का लागी क्याप्टेन सन्जु सेनले गोल गरेपछि सोही गोल नै निर्णायक हुन पुग्यो । उनी म्यान अफ दि म्याच समेत घोषित भए । उपाधि हात पारेसंगै वडा नं.४ ले नगद १ लाखसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । वडा नं.४ ले पहिलो पटक उपाधि जितेको हो ।

उपविजेता बनेको वडा नं.२ ले नगद ७५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । चौथो मेयर कपमा पनि वडा नं.२ फाईनल खेलमा वडा नं.१ संग १–० गोल अन्तरले पराजित भएको थियो ।

विजेता, उपविजेता टोलीलाई मेयर चक्रपाणी अर्याल, उपमेयर रिता कुमारी चौधरी, वडा नंं.२ का वडाध्यक्ष समेत रहेका नगर प्रवक्ता विष्णु प्रसाद पौडेल, वडा नं.४ का वडाध्यक्ष छविरेस्मी मगर, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसी. लगायतले पुरस्कार प्रदान गरेका थिए ।

 

सम्बन्धित् समाचार