गृहपृष्ठ खबर प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप सुरु, थ्री स्टारको विजयी सुरुवात

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप सुरु, थ्री स्टारको विजयी सुरुवात

सागर वि.क., वैखरी अनलाईन ।

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगितामा थ्री स्टार क्लवले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा थ्री स्टार क्लवले कपिलवस्तु ११ लाई हराउँदै विजयी सुरुवात गरेको हो ।

थ्री स्टारले ३–० गोल अन्तरले कपिलवस्तुलाई पराजित गरेको हो । थ्री स्टारलाई ३२औं मिनेटमा निरज चौधरीले हेडरमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । पुनः २ मिनेटको अन्तरमा दिपेश घलेले एक गोल थपेका थिए ।

पहिलो हाफमा २–० गोल अन्तरले अग्रता बनाएको थ्री स्टारले दोस्रो हाफ पुनः निरज चौधरीको गोलमार्फत एक गोल थप्न सफल भयो । निरज चौधरी ‘म्यान अफ द म्याच’ घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे । यससंगै कपिलवस्तु ११ प्रतियोगिताबाट बाहिरिएको छ भने थ्री स्टार क्लब सेमिफाईनलमा प्रवेश गरेको छ ।

आईतबार मछिन्द्र एफसी र हनामी बीएफसी चितवनबीच खेल हुने प्रतियोगिताको आयोजक संस्था जिल्ला फुटबल संघ कपिलवस्तुका अध्यक्ष तिलक थापाले जानकारी दिए ।

प्रतियोगिताको उद्घाटन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले गरेका हुन् ।

प्रतियोगिताको उपाधि जित्ने टोलीले ११ लाख ११ हजार १११ र दोस्रो हुनेले ५ लाख ५५ हजार ५५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

 

सम्बन्धित् समाचार