कपिलवस्तु ।
जिल्लाको बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बरमा अवस्थित ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनले जापानीज भाषा उतिर्ण विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरेको छ । सन् २०२४ अप्रिल ईटेकमा जापान जान लागेका विधार्थीहरुलाई शनिबार पिस हिमालयन रिसोर्ट ठाकुरापुरमा बिदाइ तथा सम्मान गरिएको हो ।

कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष असिम कडेल क्षेत्रीले ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसन प्रालिलाइ नितान्त विद्यार्थीको रुचि र चाहाना अनुसार अगाडि बढाएको भन्दै त्यसलाइ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सुरुवातमा गजेहडा क्षेत्रबाट सेवा दिइरहेको लुम्बिनी लर्निङलाई चार नम्बरमा ल्याएर संचालन गरेको स्मरण गर्दै अब यस सेन्टरलाइ अझ सुविधा युक्त बनाएर लैजाने बताए । उच्च शिक्षा सङ्गै कमाएको केहि पैसाले पछि स्वदेशमै आएर देशको लागि केहि गर्नुपर्नेमा उनले जोड दिए । उनले यस वर्षको अप्रिल इन्टेकमा २१ जना विद्यार्थी उच्च शिक्षाको लागि जापान जान लागेको बताउँदै विधार्थीहरुलाई आगामी दिनका लागी शुभकामना दिए ।

त्यस्तै कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कपिलवस्तुका कोषाध्यष मोहन बेल्वासे, रेडियो परिवर्तनका स्टेसन म्यानेजर भुपाल थापा, लगायतले देशको आर्थिक अवस्था सबल नहुनुले नै दिनहुँ कयौं युवायुवती वैदेशिक रोजगारिमा जानुपरेको भन्दै विदेशबाट आर्जित सिप र पैसा स्वदेशमै खर्च गर्नुपर्नेमा जोड दिएका थिए ।
पत्रकार हरि आचार्यको संचालनमा सम्पन्न उक्त कार्यक्रममा विद्यार्थीहरुलाई सम्मान पत्रसहित विदाई तथा सम्मान गरिएको थियो ।








