गृहपृष्ठ Featured कपिलवस्तुमा नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ

कपिलवस्तुमा नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सम्पर्क कार्यालय बुटवलले कपिलवस्तुको चन्द्रौटास्थित नापी कार्यालयका सर्वेक्षक बेचन प्रसाद गुप्तालाई पक्राउ गरेको हो ।

अख्तियारको टोलीले घुससहित उनलाई रंगेहात नियन्त्रणमा लिएको हो । कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको अख्तियार कार्यालय बुटवलका प्रमुख राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।

 उनलाई कार्यालय बाहिर नजिकको एक होटेलबाट नियन्त्रणमा लिएको बताएको अख्तियारले घुस रकमसहित अन्य विवरण भने खुलाइसकेको छ ।

सम्बन्धित् समाचार