नेपालगंन्ज ।
बाँके प्रहरीले बससहित भन्सार छलेर ल्याएको सामान बरामद गरेको छ । नेपालगन्ज भन्सारदेखि कोहलपुरसम्म चल्ने बागेश्वरी यातायात प्रालिको भे १ ख ३१४९ नम्बरको बस सहित प्रहरीले सामान बरामद गरेको हो ।
भन्सार, सीमा प्रहरी कार्यालय, ट्राफिक चोक र गणेशमान चोकको प्रहरी डिउटीलाई पार गरेर आएको बसलाई बिपीचोकमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
बसमा एसी दुई थान, कुर्ता सुरुवाल ४८ पिस, रोल कपडा ३० रोल राखिएको थियो। बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले वीपी चोकबाट भन्सार छलीका सामानसहित बसलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाएको बताए ।








