गृहपृष्ठ Featured श्रीलङ्काले मलेसियालाई १ सय ४४ रनले हरायो

श्रीलङ्काले मलेसियालाई १ सय ४४ रनले हरायो

काठमाण्डाै ।

महिला एशिया कप टी–२० क्रिकेटमा श्रीलङ्काले लगातार दोस्रो जीत हात पारेको छ । आज भएको खेलमा श्रीलङ्काले मलेसियालाई १ सय ४४ रनले हरायो ।

श्रीलङ्काले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको मलेसिया अन्तिम बल बाँकी छँदा ४० रनमै अल आउट भयो । मलेसियाकी इल्सा हन्टरले १० रन बनाइन् भने अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । श्रीलङ्काकी शशिनी गिमहानीले ३ विकेट लिइन् ।

यसअघि घरेलु मैदान दम्बुलामा टस जितेर ब्याटिङ गरेको श्रीलङ्काले २० ओभरमा ४ विकेट गुमाएर १ सय ८४ रन बनायो । श्रीलङ्काकी कप्तान चामरी अथापथ्थुले शतक बनाइन् । उनले ६९ बलमा नट आउट १ सय १९ रन जोडिन् । उनी महिला एशिया कप टी–२० क्रिकेटमा शतक प्रहार गर्ने पहिलो क्रिकेटर बनेकी छिन् । मलेसियाकी कप्तान विनिफ्रेड दुरइसिङ्गमले २ विकेट लिइन् ।

यो जीतसँगै श्रीलङ्का २ खेलमा ४ अङ्कसहित समूह ‘बी’ को शीर्ष स्थानमा छ । मलेसिया लगातार दोस्रो हारसँगै तालिकाको पुछारमा छ । आजै राति सवा ७ बजे यही समूहका बङ्गलादेश र थाइल्यान्ड खेल्दैछन् । थाइल्यान्ड तालिकाको दोस्रो र बङ्गलादेश तेस्रो स्थानमा छन् ।

 

सम्बन्धित् समाचार