कपिलवस्तु ।
८ बर्षिया टुहुरी भन्छिन मेरो आमाको काखमा निदाउन मन छ। सधै आमाको याद आउछ तर मेरो आमा आउनुहुन्न भन्दै रुदै बस्छिन् नैना । मेरो आमा मामाको घर जानुभएको छ, मेरो लागि फराक किनेर ल्याइदिनुहुन्छ भनी कुरेर बसेकी छन् कान्छी छोरी नैना । बुवा बितेको ५ बर्ष नबित्दै आमालाई दैवले लग्यो । चार जना नानिहरुलाई टुहुरो बनायो । घरमा न चामल,दाल छ न त तेल , नुन १ गाउँको सहारामा बाचिरहेका छन् ४ बहिनी ।

यो घटना कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका- ५ खैरीको हो । ५ बर्ष पहिले बुवाको रहस्यमय मृत्युु भयो । सन्सार त्यग्नुभयो । २ बर्ष नबित्दै घरको जेठी छोरीको डेलिवरीको कारण मृत्यु भयो ।
प्रेमालाई श्रीमान र छोरीको मृत्युुले बहुतै पिडा दियो । दुवैको चिन्ताले शरीर गलिसकेको थियो । बेलाबेला बिरामी भैरहन्थिन् । श्रीमान नहुदा उनलाई आफ्नो नानीहरुलाई हुर्काउन, पढाउन निकै सकस थियो । साँझ बिहानको छाक टार्न पनि निकै मुस्किल थियो । मिहिनेत मजदुरी गरेर जन तन अफ्नो छोरीहरुको भोक टार्थिन् । प्रेमा आफू बिरामी हुँदा हुँदै पनि ४ छोरीलाई पढाउनका लागि भएपनी लेबर काम गर्थिन् ।
२०८१ भाद्र ८ गतेका दिन प्रेमा लोहार माइत बिजयनगर ६ उज्जलपुर गएकी थिईन । माइत पुगेर पानी खाइन् र हालखबर शुरु भयो कुराकानी गर्दै उनी एक्कसी भुइँमा लडिन् । उनलाई अस्पताल पुर्याउदा उनी संसार छोडी सकेकी थिइन्।
आमाको शहारामा जन तन बाचिरहेका नानीहरु अहिले आमाले पनि सन्सार छोड्दा ज्युदै मरे तुल्य भएका छन् । घरमा न हजुर आमा न हजुरबुवा घरमा कोही छैनन् । गुण छ बचेराहरु छन् तर तिनका आमावावा छैनन् । आमा चारो लिएर आउनुहुन्छ कि भन्दै आखा तानि तानी हेरीरहेकाछ्न।
चिरबिर चिरबिर गर्दै रोइरहेका छन् ती बचेरहारु । आमा गुणमा नआएपछि घरको सबै जिम्मेवारी १६ बर्षिया छोरी इशामाथी आएको छ । इशालाई पनि बुवाको मृत्यु, दिदिको मृत्युले निकै तनाव थियो त्यसमाथि आमालाई पनि गुमाउनु पर्दा ज्युदै मरेको छु भन्छिन् । उनिहरु ४ बहिनि मात्र छन । इशा लोहार बर्ष १६ कक्षा ९ मा पढ्छिन,सुमन लोहार बर्ष १३ कक्षा ८ मा पढ्छिन , सबिता लोहार बर्ष ११ कक्षा ६ मा पढ्छिन र नैना लोहार बर्ष ८ कक्षा २ मा पढ्छिन ।
आमाको धेरै याद आउछ । दिन त जसोतसो कट्छ तर साझ पर्ने बित्तिकै चार बहिनिको मुटु भकानिन्छ आखाभरी आशु आउछ र रुवावासी चल्छ । आमा बितेको करीव २० दिन भयो । घरमा कमाउने कोहि छैन हामीलाई बिहान बेलुकाको छाक टार्ना गार्हो छ । गाउँदेखि चामल, दाल , नुन, तेल , खुर्सानी दिएर सहयोग गर्छन् । कसैले त सागपात तरकारी पनि ल्याइदिन्छन ।
यसरी चार बहिनी पालिएका छन् । बल्ल तल्ल २ छाका टार्न पुग्छ । स्वदेश तथा बिदेशबाट सहयोग गर्नका लागि समेत ४ बहिनिले अनुरोध गरेका छन् ।








