गृहपृष्ठ खबर युवा क्लबद्धारा विद्यालयलाई खेलकुद सामग्री

युवा क्लबद्धारा विद्यालयलाई खेलकुद सामग्री

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ मा रहेको वडा स्तरिय युवा क्लबले विद्यालयलाई खेलकुद सामग्री सहयोग गरेको छ । सोही वडाको श्री बालज्योति आधारभूत विद्यालय कप्टैयालाई शैक्षिक गुणस्तरमा विकास पुराउने उद्देश्यले खेलकुद सामग्री सहयोग गरिएको अध्यक्ष विमल घिमिरेले जानकारी दिए ।

विधार्थीहरुका लागी भलिबल, फुटवल, ब्याट, स्टम्प, ब्याटमिन्टन लगायतका खेलकुद सामग्री सहयोग गरेको क्लवका अध्यक्ष घिमिरेले वैखरीलाई जानकारी दिए ।

यस्ता खेल सामग्रीले विधार्थीहरुमा खेलकुदप्रति रुचि जगाई खेल सिप विकास गर्न मद्दत गर्ने उनको विश्वास छ ।

सम्बन्धित् समाचार