गृहपृष्ठ Featured पुबुदु दासानायके नेपाली क्रिकेट टिमको मेन्टर नियुक्त

पुबुदु दासानायके नेपाली क्रिकेट टिमको मेन्टर नियुक्त

पूर्वप्रशिक्षक पुबुदु दासानायके नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टर नियुक्त भएका छन् ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले पूर्वप्रशिक्षक पुबुदुलाई आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल, अमेरिका र स्कटल्यान्डबीच हुने त्रिकोणात्मक सिरिजका लागि मेन्टर नियुक्त गरेको हो ।

पुबुदुले २५ अक्टोबरदेखि ४ नोभेम्बरसम्म अमेरिकामा हुने आईसीसी क्रिकेट लिग-२ को प्रतियोगिता अवधिभर नेपाली क्रिकेट टिमको मेन्टरका रूपमा भूमिका निर्वाह गर्ने क्यान प्रवक्ता छुम्बी लामाले जानकारी दिए ।

हेर्नुस् क्यानको विज्ञप्ति:

can-release-1729176587.jpg

सम्बन्धित् समाचार