वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु जिल्ला फुटबल लिग दिनप्रतिदिन रोमाञ्चक बन्दै गएको छ । लिगको तेस्रो दिन शुक्रबार ३ खेल सम्पन्न भएका छन् । कपिलवस्तु जिल्ला फुटवल संघको आयोजनामा उक्त लिग बुधबारबाट सुरु भएको हो ।
शुक्रबार भएको पहिलो खेलमा २–१ गोलअन्तरले गोल्डेन स्टार युवा क्लव विजयी भएको छ । गोल्डेन स्टारले सुर्योदय युवा क्लवलाई हराएको हो ।

दोस्रो खेलमा शान्ति सिर्जना युवा क्लव विजयी भएको छ । शान्ति सिर्जनाले नवक्षितिज युवा क्लवलाई २–० गोल अन्तरले हराएको हो । यस्तै शुक्रबार भएको अन्तिम अर्थात तेस्रो खेलमा जनमिलन स्पार्ट क्लवलाई ३–० गोलअन्तरले बाणगंगा वेलफेयर सोसाईटी हराएको छ ।
वेलफेयरको यो पहिलो जित हो । वेलफेयर पहिलो खेलमा सुर्योदय युवा क्लवसंग पराजित भएको थियो ।

शनिबार तीन खेल हुने आयोजकले जनाएको छ । संघका अध्यक्ष तिलक थापाका अनुसार पहिलो खेलमा विहान ८ बजे मुहान एफसी र नवक्षितिज युवा क्लव, दोस्रो खेलमा दिउँसो १ बजे शान्ति सिर्जना युवा क्लव र जनप्रेमी युवा क्लव तथा तेस्रो खेलमा दिउँसो ३ बजे बाणगंगा वेलफेयर सोसाईटी र गोल्डेन स्टार युवा क्लव एकआपसमा भिड्ने छन् ।
१० टोलीको सहभागिता रहेको यो लिग खेल कार्तिक १६ गतेसम्म चल्ने छ ।








