गृहपृष्ठ Featured विश्वकप लिग- २ को अमेरिका सिरिजका लागि नेपाली टिम घोषणा

विश्वकप लिग- २ को अमेरिका सिरिजका लागि नेपाली टिम घोषणा

विश्वकप क्रिकेट लिग २ को अमेरिका सिरिजका लागि १५ सदस्यीय टिम घोषणा गरिएको छ । स्कटल्यान्ड्ससमेत रहेको त्रिकोणीय सिरिज सुरु भइसकेपछि नेपालले शनिबार टिम घोषणा गरेको हो । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार रोहित पौडेलको कप्तानीमा टिम घोषणा गरेको हो । टिम हाल अमेरिकामै रहेको छ ।

सिरिजको पहिलो खेल शुक्रबार भएको थियो, जसमा स्कटल्यान्ड्सले घरेलु मैदानमा अमेरिकालाई पराजित गरेको थियो । अब नेपालले सिरिजको आफ्नो पहिलो खेल आइतबार घरेलु टिम अमेरिकासँग खेल्नेछ ।

लिग २ मा कमजोर प्रदर्शन गरिरहेको नेपालका लागि यो सिरिज निकै महत्वपूर्ण छ । लिगमा रहेका ८ टिममध्ये नेपाल सातौँ स्थानमा छन् । विभिन्न ९ सिरिजका ३६ खेल खेल्न पाउने यो लिगमा नेपालले हालसम्म दुई सिरिजमा मात्र एक जित हात पारेको छ । अमेरिका सिरिजमा तीन टिमले एकअर्काविरुद्ध दुई दुई खेल खेल्नेछन् । स्कटल्यान्ड्सले पहिलो खेल जितिसकेको छ ।

नेपाली टिममा देव खनाल र सागर ढकाललाई रिजर्भमा राखिएको छ । अन्य खेलाडीहरू यसअघिकै हुन् ।

सम्बन्धित् समाचार