वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ३ ले सडक नै अवरोध हुने गरी राखिएका सामग्रीहरु हटाउन निर्देशन दिएको छ । वडाध्यक्ष टेक बहादुर झेडी मगरले आईतबार एक सुचना जारी गर्दै ७ दिनभित्र हटाउन निर्देशन दिएका हुन् ।
वडा अन्तर्गत रहेका विभिन्न बस्तीहरुमा थ्रेसरबाट धान दाउदा बिद्युतको तारमा पर्ने गरेर फाल्दा बिद्युत प्रवाह अवरुद्ध भएको, सडकमा धान पराल, घर निर्माण सामाग्री, ट्याक्टर, थ्रेसर राख्दा दुर्घटनाको जोखिम बढेको भन्दै यस्तो निर्देशन दिईएको वडाध्यक्ष झेडीले बताए । सूचनाको बेवास्था गरी सडकबाट धान पराल, घर निर्माण सामाग्री नहटाईएमा प्रचलित कानुन बमोजिम सामग्री जफत गरी कारवाहीका लागि सम्बन्धित निकायमा पठाईने समेत चेतावनी दिईएको छ ।
‘यस बाणगंगा नगरपालिका वडा नं. ३ अन्तर्गत रहेका विभिन्न बस्तीहरुमा थ्रेसरबाट धान दाउँदा बिद्युतको तारमा पर्ने गरेर फाल्दा बिद्युत प्रवाह अवरुद्ध भएको, सडकमा धान पराल, घर निर्माण सामाग्री, ट्याक्टर, थ्रेसर राख्दा दुर्घटनाको जोखिम बढेको भनी जनगुनासो आइरहेको हुनाले सडकमा धान पराल, घर निर्माण सामाग्री ट्याक्टर, थ्रेसर राखेको भए सो सामाग्री ७ दिन भित्र हटाउनु हुन तथा बिद्युत तार र बाटोमा पर्ने गरी धान दाउने कार्य नगर्नु नगराउनु हुन सम्बन्धित सरोकारवालालाई सुचित गरिन्छ । साथै यो सूचनाको बेवास्था गरी सो कार्य गरेको पाईएमा सडकबाट धान पराल, घर निर्माण सामाग्री नहटाईएमा प्रचलित कानुन बमोजिम सामाग्री जफत गरी कारवाहीका लागि सम्बन्धित निकायमा पठाईने छ,’ उक्त सुचना भनिएको छ ।
हेर्नुहोस् सूचनाः









