गृहपृष्ठ Featured इङ्लिस प्रिमियर लिग : चेल्सीको सहज जित

इङ्लिस प्रिमियर लिग : चेल्सीको सहज जित

हेटौँडा ।

इङ्लिस प्रिमियर लिग (इपिएल) को आइतबार राती सम्पन्न खेलमा चेल्सीले सहज जित निकालेको छ ।

घरेलु रङ्गशालामा भएको खेलमा चेल्सीले न्यूकासललाई २-१ गोलले पराजित गरेको हो ।

खेलको १८ औँ मिनेटमा निकोलस ज्याक्सनले गोल गर्दै घरेलु टिमलाई पहिलो अग्रता दिलाएका थिए । तर ३२ औँ मिनेटमा न्यूकासलका एलेकजेण्डरले गोल गर्दै खेल १-१ को बराबरीमा पुग्यो ।

पहिलो हाफ १-१ को बराबरीमा रहेको खेलको दोस्रो हाफको सुरुवातको दोस्रो मिनेट अर्थात् ४७ औँ मिनेटमा चेल्सीले पुनः गोल गर्न सफल बन्यो ।

चेल्सीको लागि पाल्मरले गोल गरे र उनको गोल नै निर्णायक गोलमा परिणत हुँदा खेल चेल्सीले जित्यो ।

जितपछि चेल्सी ९ खेलबाट १७ अंक सहित तालिकाको चौथो स्थानमा उक्लँदा न्यूकासल समान खेलबाट १२ अङ्क सहित १२ औँ स्थानमा छ ।

सम्बन्धित् समाचार