गृहपृष्ठ खबर कपिलवस्तु जिल्ला फुटबल लिग : मन्जितको गोलमा शान्ति सिर्जना फाईनलमा

कपिलवस्तु जिल्ला फुटबल लिग : मन्जितको गोलमा शान्ति सिर्जना फाईनलमा

वैखरी अनलाईन, बाणगंगा ।

शान्ति सिर्जना क्लव कपिलवस्तु जिल्ला फुटबल लिगको फाईनलमा प्रवेश गरेको छ ।

बुधबार बाणगंगा नगरपालिकाको चारनम्बर जितपुरमा रहेको बुद्धरंगशालामा भएको पहिलो सेमिफाईनल खेलमा सुर्योदय युवा क्लवलाई हराउँदैं शान्ति सिर्जना फाईनलमा प्रवेश गरेको हो । शान्ति सिर्जनाले सुर्योदयलाई १–० गोलले पराजित गरेको हो ।

शान्ति सिर्जनाका लागि खेलको ५औं मिनेटमै मन्जितले गोल गरेका थिए । उक्त गोल नै निर्णायक गोल हुन पुग्यो । यस खेलमा शान्ति सिर्जनाका क्याप्टेन आयुस राना ‘म्यान अफ दि म्याच’ घोषित भए । शान्ति सिर्जना समूहको विजेता हुदैं सेमिफाईनलमा पुगेको थियो भने सुर्योदय समूह उपविजेता रहदैं सेमिफाईनलमा पुगेको थियो ।

अब शान्ति सिर्जनाले दोस्रो सेमिफाईनलको बिजेतासंग उपाधिका लागि  कार्तिक १६ गते भिड्ने छ ।

विहिबार दोस्रो सेमिफाईनलमा गोल्डेन स्टार युवा क्लव र मुहान एफसी भिड्ने संघका अध्यक्ष तिलक थापाले जानकारी दिए । उनले उक्त खेल दिउँसो ३ बजे हुने बताए । गोल्डेन समूह विजेता हुदैं सेमिफाईनलमा पुगेको हो भने मुहान समूह उपविजेता बन्दै सेमिफाईनलमा पुगेको हो ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा कार्तिक ७ गतेदेखि सुरु भएको यस लिगमा जिल्ला भित्रका १० टोलीको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार