गृहपृष्ठ Featured कपिलवस्तु जिल्ला फुटबल लिग: सेमिफाईनलमा गोल्डेनसंग स्तब्ध भएको मुहान

कपिलवस्तु जिल्ला फुटबल लिग: सेमिफाईनलमा गोल्डेनसंग स्तब्ध भएको मुहान

बाणगंगा, वैखरी अनलाईन ।

कपिलवस्तु जिल्ला फुटबल लिगको उपाधिका लागि शान्ति सिर्जना क्लव र गोल्डेन स्टार युवा क्लव भिड्दै छन् । शुक्रबार दिउँसो ३ बजे बाणगंगा नगरपालिकाको बुद्धरंगशालामा शान्ति सिर्जना र गोल्डेन उपाधिका लागि भिड्न लागेका हुन् ।

दोस्रो सेमिफाईनल खेलमा मुहान एफसीलाई स्तब्ध पार्दै गोल्डेनले शान्ति सिर्जनासंगको फाईनल भेट पक्का गरेको हो । गोल्डेनले मुहानलाई ३–२ गोलले पराजित गरेको हो । तारजन माझी र सन्जु सेन ठकुरीको गोलमा सुरुवाती अग्रता लिएको मुहानले उक्त अग्रतालाई जोगाउन नसक्दाँ पराजित हुन पुग्यो ।

गोल्डेनका लागि निरज चौधरी, अरुन चौधरी र सुर्य थापा मगरले दोस्रो हाफमा एकपछि अर्को गोल गरेका हुन् । यस खेलमा मुहानका कुसन बुढा मगर ‘म्यान अफ दि म्याच’ घोषित भए ।

यस खेलमा २ गोलको अग्रता लिएको मुहानलाई गोल्डेनका निरज चौधरीले १ गोल गरेपछि निरन्तर दबाबमा राख्यो । फलस्वरुप गोल्डेन एकपछि अर्को गोल गर्न सफल भयो । जसले मुुहानलाई स्तब्ध बनायो । ‘म्यान अफ दि म्याच’ भएका कुसनले गोल्डेनले एक गोल गर्दा टिम दबाबमा आएको बताए ।

खेलको पहिलो हाफमा सबै मिलेर तर एक्कासी गोल खाएपछि साईड डिफेन्स र गोल किपर थप दबाबमा आएको उनको भनाई छ । गोल किपरले अन्य खेलमा उत्कृष्ट प्रदर्शन रहे पनि सेमिफाईनलमा सोचेअनुसार प्रदर्शन गर्न नसकेको उनले बताए ।
गोल्डेन समूह विजेता र मुहान समूह उपविजेता बन्दै सेमिफाईनलमा पुगेका थिए ।

कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा कार्तिक ७ गतेदेखि सुरु भएको यस लिगमा जिल्ला भित्रका १० टोलीको सहभागिता रहेको थियो । जसकोे फाईनल आज शुक्रबार हुदैं छ ।

सम्बन्धित् समाचार