गृहपृष्ठ Featured अर्जेन्टिना छनोटबाट २०२६ को विश्वकपमा पुग्ने पहिलो

अर्जेन्टिना छनोटबाट २०२६ को विश्वकपमा पुग्ने पहिलो

साबिक विजेता अर्जेन्टिना छनोट चरणबाट फिफा विश्वकप फुटबल प्रतियोगिता २०२६ मा स्थान बनाउने पहिलो राष्ट्र बनेको छ । दक्षिण अमेरिकी छनोटमा बुधबार बिहान अर्जेन्टिनाले पेरुलाई १–० ले हराउँदै सन् २०२६ को विश्वकपको टिकट काटेको हो । दुई वर्षपछि अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा विश्वकप आयोजना गर्दै छन् ।

घरेलु मैदान ब्युनर्स आयर्समा अर्जेन्टिनालाई जित दिलाउन एक मात्र निर्णायक गोल लाउटारो मार्टिनेजले गरेका थिए । खेलको ५५औँ मिनेटमा मार्टिनेजको गोलमा अर्जेन्टिनाले पेरुलाई हराएको हो । २७ वर्षीय मार्टिनेजले पूर्वकप्तान डिएडो म्याराडोनाले अर्जेन्टिनीका लागि गरेको गोलसँग बराबरी गरेका छन् । म्याराडोनाले राष्ट्रिय टोलीबाट ३२ गोल गरेका थिए । मार्टिनेजले म्याराडोनाको रेकर्ड बराबरी गर्न ७० खेल खेले ।

उनले कप्तान लियोनल मेसीको पासमा बायाँखुट्टे भली गोल गरेका थिए । अर्जेन्टिनी राष्ट्रिय टोलीबाट मेसीले सर्वाधिक ११२ अन्तर्राष्ट्रिय गोल गरेका छन् । अर्जेन्टिनाका लागि ग्राबियल बाटिस्टुटा, सर्जियो अगुएरो तथा हर्नान क्रेस्पो सर्वाधिक गोलको सूचीमा शीर्ष पाँचभित्र छन् ।

अर्जेन्टिना २५ अंकका साथ शीर्ष स्थानमा
विश्वकपमा दक्षिण अमेरिकाबाट शीर्ष ६ टोली विश्वकपमा पुग्नेछन् । १२ खेलपछि अर्जेन्टिनाले आठ जित, तीन हार र एक बराबरी खेल्दै २५ अंक जोडेको छ । दोस्रो स्थानमा उरुग्वेको २० अंक छ । दुईपटकको विजेता उरुग्वेले १२ खेलबाट २० अंक बटुल्दै तेस्रो स्थान रक्षा गरेको छ । पाँचपटकको विश्व च्याम्पियन ब्राजिलले उरुग्वेसँग बराबरी नतिजा निकालेको छ । ब्राजिलले समान खेलबाट १८ अंक जोडेको छ । दक्षिण अमेरिकी छनोटमा सातौँ स्थानमा रहने टोलीले प्लेअफका लागि स्थान बनाउनेछ ।

प्रशिक्षक लिओनल स्कालोनीको प्रशिक्षणमा रहेको अर्जेन्टिनाले छनोटको ६ खेलअघि नै विश्वकपमा स्थान सुरक्षित गरेको हो । अर्जेन्टिनाले दोस्रो स्थानको उरुग्वेविरुद्ध स्पष्ट ५ अंकको अग्रता बनाएको छ । पेरुविरुद्धको प्रतिस्पर्धामा अर्जेन्टिनाले खेलको सुरुवाती मिनेटमै अग्रता लिने अवसर गुमाएको थियो । लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने एलेक्सिस माकको हेडिङ क्रसबार नजिक हुँदै बाहिरिएको थियो ।

सम्बन्धित् समाचार