काठमाडौँ ।
भारत-अस्ट्रेलियाविरुद्धको पहिलो टेस्टको पहिलो टिम शुक्रबार अस्वभाविक रूपमा ८३ रनले अगाडि रहेको छ । पर्थमा सुरु भएको टेस्टको पहिलो दिन नै १७ विकेटको पतन भएको थियो । पूरा दिन दुवै टिमका बलर हाबी रहे ।
पहिलो दिनको खेल समाप्त हुँदा अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा सात विकेट गुमाएर ६७ रन बनाएको छ ।
एलेक्स क्यारी १९ रन बनाएर खेलिरहेका छन् र उनलाई ६ रन बनाएका मिचेल स्टार्कले साथ दिइरहेका छन् । क्यारीलाई छाडेर नथान म्याक स्वानीले १० र ट्रेभिस हेडले ११ रन बनाए । भारतीय बलरमध्ये कप्तानी भूमिकामा रहेको जसप्रित बुमरहले १७ रनमा ४ विकेट लिए । यस्तै मोहम्मद सिराजले दुई तथा हरसित रानाले एक विकेट लिए ।
त्यस अगाडि भारत आफ्नो पहिलो इनिङ्समा १ सय ५० रन बनाएर अलआउट भएको थियो । त्यसमा नितिशकुमार रेड्डीको ४१ रन नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । यस्तै ऋषव पन्तले ३७ रनको योगदान दिए ।
अस्ट्रेलियाका लागि जोस हेजलउडले २९ रनमा ४ विकेट लिए । स्टार्क, प्याट कमिन्स र मिचेल मार्सले दुई दुई विकेट लिए ।








