गृहपृष्ठ Featured चेल्सीसँग लिचेस्टर सिटी स्तब्ध

चेल्सीसँग लिचेस्टर सिटी स्तब्ध

इङ्लिस प्रिमियर लिगमा चेल्सीले लिचेस्टर सिटीलाई पराजित गरेको छ । गए राति भएको खेलमा चेल्सी २-१ गोलअन्तरले विजयी भएको हो ।

चेल्सीका लागि निकोलस ज्याक्सनले १५औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । त्यस्तै ७५औँ मिनेटमा एनजो फर्नान्डेजले गोल गरेसँगै चेल्सीले २-० को अग्रता लियो । उता, दोस्रो हाफमा इन्जुरी समयमा लिचेस्टरले पाएको पेनाल्टी जोर्डन अवेले सदुपयोग गरे पनि पराजय टार्न सकेनन् ।

गए राति नै भएको अर्को खेलमा आर्सनलले नोटम फरेस्टलाई ३-० ले पराजित गरेको छ । आर्सनलका लागि बुकायो साकाले १५औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ५२औँ मिनेटमा आर्सनलका थोमस पर्टेले गोल गरे । त्यस्तै ८६औँ मिनेटमा इथान नवानेरीले गोल गरेसँगै आर्सनल ३-० ले विजयी भएको हो ।

लिगअन्तर्गत नै फुलहामलाई उल्भ्सले ४-१ गोलअन्तरले पराजित गरेको छ । उता एभर्टन र ब्रेनफोर्डबीचको खेल भने गोलरहीत बराबरीमा सकिएको छ ।

सम्बन्धित् समाचार