इङ्लिस प्रिमयर लिगमा वेस्ट हामले न्युकासललाई पराजित गरेको छ । गए राति भएको खेलमा वेस्ट हाम २-० ले विजयी भएको हो ।
वेस्टहामको जितमा १०औँ मिनेटमा टोमस सुउसेक र ५३औँ मिनेटमा एरोन वानविसाकाले गोर गरे । न्युकासलले कुने गोल गर्न नसकेपछि वेस्ट हाम २-० ले विजयी भएको हो ।
लिगको शीर्ष स्थानमा भने लिभरपुल रहेको छ । म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहँदा चेल्सी तेस्रो, आर्सनल चौथो र ब्रिङ्टन पाँचौँ स्थानमा छन् ।