गृहपृष्ठ Featured कपिलवस्तुमा अवैध पेस्तोलसहित एक जना पक्राउ

कपिलवस्तुमा अवैध पेस्तोलसहित एक जना पक्राउ

प्रकाशित मिति:

कपिलवस्तु ।

अवैध पेस्तोल लिएर हिंडिरहेको अवस्थामा मायादेवी गाउँपालिका–६, बडसुडवाका २१ वर्षीय सद्दाम हुसेन फकिर पक्राउ परेका छन् । कम्मरमा लुकाइछिपाइ राखेको अवस्थामा कालो रंगको ४.५ मिलिमिटर क्यालिबरको डेन्जर टोय एयर पेस्तोलसहित उनलाई इलाका प्रहरी कार्यालय, पकडीको टोलीले मंगलबार पक्राउ गरेको हो ।

पेस्तोलसँगै त्यसमा लाग्ने ४३ थान छर्रा, पेस्तोलमा प्रयोग हुने ६ थान धमाका र एक थान मोबाइल पनि बरामद गरिएको छ ।

फकिरले मोटरसाइकल चोरी गर्न खोजिरहेको सूचना स्थानीयले प्रहरीलाई दिएपछि आएको प्रहरी टोलीले उनको शरीर खानतलासी गर्दा पेस्तोल बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए ।

उनीमाथि हातहतियार खरखजाना मुद्दाअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार