गृहपृष्ठ Featured ३-० को अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो म्यानचेस्टर सिटी

३-० को अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो म्यानचेस्टर सिटी

यूईएफए च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर सिटीलाई फेयनोर्डले बराबरीमा रोकेको छ । सिटीका लागि अर्लिङ हल्यान्डले ४४औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

त्यस्तै ५०औँ मिनेटमा लकेई गुन्डोगनले गोल गरे भने ५३औँ मिनेटमा हल्यान्डले गोल गरेसँगै सिटीले ३-० को अग्रता लिएको थियो ।

तर, ३-० को स्पष्ट अग्रता जोगाउन नसक्दा सिटी बराबरीमा रोकिएको हो । फेयनोर्डले खेलको ७५औँ, ८२औँ र ८९औँ मिनेटमा गोल गर्दै सिटीलाई बराबरीमा रोकिएको हो ।

त्यस्तै अर्को खेलमा योङ बोइजलाई एटलान्टाले ६-१ गोलले पराजित गर्दा लेबरकुसेनले सलचबर्गविरुद्ध ५-० को जित निकाल्यो ।

सम्बन्धित् समाचार