यूईएफए च्याम्पियन्स लिगअन्तर्गत बार्सिलोनाले ब्रेस्टविरुद्ध जित निकालेको छ । गए राति भएको खेलमा बार्सिलोना ३-० ले विजयी भएको हो ।
बार्सिलोनाका लागि रोबर्ट लिवान्डोस्कीले खेलको १०औँ मिनेटमा पाएको पेनाल्टी सदुपयोग गर्दै १-०को अग्रता दिलाएका थिए । त्यस्तै ६६औँ मिनेटमा डानी ओल्मोले बार्सिलोनालाई २-० को अग्रता दिलाए । त्यस्तै खेलको इन्जुरी समयमा लेवान्डोस्कीले गोल गर्दै ब्रेस्टविरुद्ध ३-० को जित सुनिश्चित गरे ।
त्यस्तै अर्को खेलमा स्पोर्टीङलाई आर्सनलले ५-१ गोलले पराजित गर्य । आर्सनलले खेलको ७औँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । त्यसत् २२औँ र पहिलो हाफको इन्जुरीमा पनि आर्सनलले गोल गर्यो ।
खेलको ४७औँ मिनेटमा स्पोर्टिङले एक गोल गरेको थियो । उता ६५औँ र ८२औँ मिनेटमा गोल गरेसँगै आर्सनल ५-१ ले विजयी भएको हो ।








