प्रधानमन्त्री केपी ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् । सोमबार बेइजिङ गएका प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सको विशेष उडानबाट प्रतिनिधिमण्डलसहित स्वादेश फर्किएका हुन् ।
हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए ।
बेइजिङमा रहँदा मंगलबार प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङलगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए ।
बुधबार नेपाल र चीनबिच बिआरआई कार्यान्वयनको प्रारूप (फ्रेमवर्क)मा हस्ताक्षरसमेत भएको थियो ।