गृहपृष्ठ Featured लुम्बिनीका लागि रोहित पौडेलले प्रहार गरे अर्धशतक

लुम्बिनीका लागि रोहित पौडेलले प्रहार गरे अर्धशतक

प्रकाशित मिति:

नेपाल प्रिमियर लिग (एनपीएल) को शुक्रबारको दोस्रो खेलमा अहिले लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच खेल भइरहेको छ ।

त्रिवि मैदान कीर्तिपुरमा लुम्बिनीका कप्तान रोहित पौडेलले पहिला ब्याटिङको निर्णय लिएका छन् । तर, पोखराका विपिन खत्रीले उनको निर्णयलाई गलत सावित गरिदिएका छन् । विपिनले लुम्बिनीका आसुतोष घिरैयालाई शून्यमा आउट गरेका छन् ।

लुम्बिनीका लागि रोहितले अर्धशतक बनाएका छन् । उनले ३३ बलमा अर्धशतक बनाए । जारी एनपीएलमा अर्धशतक बनाउने उनी तेस्रो नेपाली खेलाडी बनेका छन् । यो समाचार तयार पार्दा लुम्बिनीले १२ ओभरमा ८६ रन बनाउँदा चार विकेट गुमाएको छ ।

सम्बन्धित् समाचार