गृहपृष्ठ Featured बराबरीमा रोकियो म्यानचेस्टर सिटी

बराबरीमा रोकियो म्यानचेस्टर सिटी

प्रकाशित मिति:

इंग्लिस प्रिमियर लिगमा खराब लयमा रहेको म्यानचेस्टर सिटी पुनः बराबरीमा रोकिएको छ। सिटी गएराति क्रिस्टल प्यालेससँग २-२ गोलको बराबरीमा रोकिएको हो।

प्रिमियर लिगमा लगातार चार हारपछि अघिल्लो खेलमा नटिंघम फरेस्टलाई पराजित गरेको सिटी शनिबार राति पुनः बराबरीमा रोकिएको हो।

सेलहर्स्ट पार्कमा सिटीले चौथो मिनेटमै गोल खाएको थियो। ड्यानियल म्युनजले गोलमा क्रिस्टल प्यालेसले सुरूवाती अग्रता लिएको थियो।

३० मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै खेल बराबरीमा ल्याए। ५६ मिनेटमा प्यालेसकै म्याक्सेन्स लक्रोइक्सले गोल गरेर अग्रता लिए। सिटीका रिको लेविसले ६८ मिनेटमा बराबरी गोल फर्काए।

उनै रिको ८४ मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदान बाहिरिए। त्यसपछि दुवैतर्फबाट प्रयास भएपनि गोल हुन नसक्दा खेल बराबरीमा सकिएको थियो।

गएराति नै भएको अर्को खेलमा म्यानचेस्टर युनाइटेड नटिंघम फरेस्टसँग २-३ गोलले पराजित भएको थियो। ब्रेन्टफोर्डले न्यूकासललाई पराजित गर्दा एस्टन भिल्लासँग साउथह्याम्टन १-० गोलले पराजित भएको थियो।

सिटी १५ खेलबाट २७ अंककाका साथ चौथो स्थानमा छ। क्रिस्टल प्यालेस १३ अंकसहित १६ औं स्थानमा छ।

सम्बन्धित् समाचार