गृहपृष्ठ Featured १५औं कपिलवस्तु महोत्सवमा सोमबार प्रकाश दुतराज लगायतका कलाकार आउने

१५औं कपिलवस्तु महोत्सवमा सोमबार प्रकाश दुतराज लगायतका कलाकार आउने

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगाा ।

१५औं कपिलवस्तु महोत्सवको छैठौ दिन अर्थात सोमबार चर्चित लोकदोहोरी गायक प्रकाश दुतराज आउने भएका छन् । सोमबार दुतराजसंगै गायिका सिता राना, गायक बसन्त लम्साल लगायतका कलाकार आउने महोत्सवका मनोरञ्जन तथा सांस्कृतिक कार्यक्रम संयोजक राँमजी सेनले वैखरीलाई जानकारी दिए ।

आईतबार अर्जुन सापकोटा, आधुनिक गायक हिमाल सागर, लोकदोहोरी गायिका रितु थापा लगायतका स्थानीय कलाकारहरुले प्रस्तुति राखेका थिए ।

यसैबीच आईतबार १३औं कपिलवस्तु डान्स आईडलतर्फका १३ जना प्रतिस्पर्धीहरुमध्ये एक जना बाहिरिका डान्स आईडल संयोजक विष्णु मल्लले जानकारी दिईन् । उनका अनुसार स्मारिका खनाल बाहिरिएकी हुन् ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा बुधारबादेखि सुरु भएको हो ।

कपिलवस्तु उद्योग बाणिज्य संघद्धारा आयोजित १५औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी महोत्सव पुष २ गतेसम्म चल्ने छ ।

सम्बन्धित् समाचार