भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गरिरहेका तीन विदेशी वायुसेवा कम्पनीले मौसमको कारण देखाउँदै उडान नगर्ने भनेपछि उड्डयन नियामकले छलफलमा बोलाएको छ ।
युनाइटेड अरब इमिरेट्स (यूएई) को फ्लाई दुबई, कुवेतको जजिरा एयरवेज र थाइल्यान्डको थाई एयर एसियाले मौसमको कारण देखाउँदै उडान स्थगन गर्ने पत्र नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पठाएका थिए ।