गृहपृष्ठ Featured भ्रष्टाचारमुक्त प्रदेश बनाउन सरकार क्रियाशील छ : मुख्यमन्त्री आचार्य

भ्रष्टाचारमुक्त प्रदेश बनाउन सरकार क्रियाशील छ : मुख्यमन्त्री आचार्य

प्रकाशित मिति:

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजनीतिज्ञ र कर्मचारी इमान्दार भए मात्र भ्रष्टाचार रोकिने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले राप्ती उपत्यका देउखुरीमा आयोजना गरेको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा उनले सबै नीतिको माउ नीति राजनीति भएकोले यो स्वच्छ र पारदर्शी हुन सके मात्र भ्रष्टाचार नियन्त्रण हुने बताए ।

मुख्यमन्त्री आचार्यले सुशासनयुक्त र भ्रष्टाचारमुक्त प्रदेश बनाउने अभियानमा सरकार क्रियाशील रहेको पनि बताए ।

सुशासनयुक्त तथा भ्रष्टाचारमुक्त प्रदेश निर्माणको संकल्पलाई पूरा गर्न सरकार दृढ रहेको उनले बताए ।

सम्बन्धित् समाचार