गृहपृष्ठ Featured अब प्रदेश कार्यालयबाट सवारी लाइसेन्सको त्रुटि सच्याउन पाइने

अब प्रदेश कार्यालयबाट सवारी लाइसेन्सको त्रुटि सच्याउन पाइने

प्रकाशित मिति:

काठमाडौं ।

सवारी चालक अनुमतिपत्रमा भएको त्रुटि अब प्रदेशस्थित कार्यालयबाट सच्याउन पाइने भएको छ ।

यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र आवेदकको बायोमेट्रिक बाहेक विवरण सच्याउने काम प्रदेश मातहत यातायात व्यवस्था तथा सेवा कार्यालयबाट सम्पादन गर्ने निर्णय भएको जानकारी गराएको छ ।

नेपालको संविधान २०७२ र कार्यविस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमति व्यवस्थापन सम्बन्धी अधिकार प्रदेशलाई दिएको छ । सोहीकारण विभागले सेवाग्राहीको सेवा ध्यानमा राख्दै उक्त अधिकार प्रदेशलाई दिएको हो ।

हेर्नुहोस् सूचना :

सम्बन्धित् समाचार