भारतीय स्पीन बलर रविचन्द्र आश्विनले अन्तर्राष्ट्रि क्रिकेटबाट संन्यास लिएका छन् ।
अस्ट्रेलियासँगको गाबा टेस्ट ड्र भएसँगै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा सामाजिक सञ्जालमार्फत गरेका छन् ।
उनले अस्ट्रेलियासँगको खेल ड्र भएपछि विराट कोहलीसँग अंकमाल गरेको र त्यसपछि प्रमुख प्रशिक्ष गौतम गम्भिरसँग सल्लाह गरेको जनाइएको छ । त्यसपछि उनलवे संन्यास घोषणा गरेका थिए ।








