गृहपृष्ठ Featured सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

काठमाडौँ ।

विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्स बुधबार जनकपुर बोल्ट्सलाई ८ विकेटले पराजित गरी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको फाइनलमा पुगेको छ ।

भेट्रान ओपनिङ ब्याटर भण्डारीले रन बनाएपछि सुदूरपश्चिमले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्वालिफायर १ मा १ सय ४० रनको लक्ष्य १८.३ ओभरमै पूरा गरेको थियो ।

कर्णाली याक्स र जनकपुरबीच बिहीबार हुने क्वालिफायर्स-२ को विजेतासँग सुदूरपश्चिमले फाइनल खेल्ने छ । फाइनल शनिबार हुनेछ ।

 

सम्बन्धित् समाचार