मलेसियामा जारी महिला यु-१९ एसिया कपको सुपर–४ मा नेपाल र श्रीलंकाले अंक बाँडेका छन् । वर्षाका कारण खेल रद्द भएपछि नेपाल र श्रीलंकाले १-१ अंक बाँडेका हुन् ।
बिहीबारको खेलमा नेपालले श्रीलंकाविरुद्ध टस जितेर फिल्डिङ रोजेको थियो । पहिलो ओभर सकिएलगत्तै सुरु भएको वर्षा नरोकिएपछि खेल रद्द भएको हो । नेपालले पहिलो ओभरमै श्रीलंकाको १ विकेट लिएको थियो । वर्षा नरोकिएपछि दुवै टोलीले समान १-१ अंक बाँडेका हुन् ।
यसअघि नेपाल पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । समूह चरणको अन्तिम खेल पनि वर्षाका कारण रद्द भएपछि नेपाल र भारतले १-१ अंक बाँडेका थिए । सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । नेपालले शुक्रबार सुपर–४ अन्तर्गत बंगलादेशको सामना गर्नेछ ।








