भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी–एआर (रिक्वायर्ड नेभिगेसन पफर्मेन्स–अथोराइजेसन रिक्वायर्ड) प्रणालीबाट अवतरण सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले यो प्रणालीबाट उडान तथा अवतरण गर्न अनुमति प्राप्त गरेको पाइलट र जहाजलाई आजदेखि उडान र अवतरणको अनुमति दिने व्यवस्था गरेको हो ।
भैरहवामा आरएनपी-एआर प्रणालीबाट अवतरण सुरु

