कपिलवस्तु, १३ माघ
शिवराज नगरपालिका–४ बसन्तपुर बस्ने त्रिलिकी अहिरको घरमा सोही नगरपालिका–४ डकैया बस्ने झगरूप भारती गोसाईले संचालन गरेको पुजा फेन्सी पसलमा विद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा पसलमा रहेका कपडा, जुत्ता,चप्पल लगायतका सामान जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।